असोज १५, काठमाडौं । आजको मन्त्रीपरिषद्को बैठकले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । मन्त्रीपद सकिएपछि खतिवडा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकारमा नियुक्त गरिएको थियो ।
त्यस्तै आजको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।







