सुनको मूल्य घट्यो

असोज, १५ काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी ११७५ रुपैयाँमा कारोबार भएको हो ।