असोज, १४ काठमाडौं । देशका विभिन्न स्थानमा गरी एकै दिन ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली महाँकाल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका–१ घर भएका ३७ वर्षीय कुल बहादुर खत्री आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरी वरपौवा बस्ने ६० वर्षीय बल बहादुर नेपाली आफ्नै घरभित्र खाटमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
साथै, जाजरकोटको छेडागाड नगरपालिका–९ पजारुस्थित कालापहाडको जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।







