नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : बितेका २४ घण्टामा १९११ जना थपिए

सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुग्यो

असोज, १५ काठमाडौं । बितेका २४ घण्टामा नेपालमा १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा जम्मा १२ हजार ४४४ जनामा परीक्षण गरिएको थियो।

९६१ जना डिस्चार्ज भएको मन्त्राालयले जनाएको छ । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ ।

नेपालमा सङ्क्रमण मुक्त हुने दर ७१.९ प्रतिशत रहेको छ।