असोज, १६ काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज मृत्यु हुनेमध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो ।








