लकडाउनका बाबजुद अभिनेत्री मनिषा कोईराला आइन नेपाल


चलचित्र अभिनेत्री मनिषा कोइराला जेष्ठ २० गते, मंगलवार भारतबाट भैरहवाको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेकी छिन । परिवारका सदस्यसहित स्वदेश प्रवेश गर्दै उनी काठमाडौँ लागेको बताइएको छ । नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे ।नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा अभिनेत्री कोइरालाको प्रशंसा भइरहेको छ ।