असोज १७, काठमाडौं ।
अनलाइन भुक्तानी सेवा प्रदायक एप ‘इसेवा’ले अन्तरराष्ट्रिय गुणस्तर मापदण्ड पाएको छ । उक्त एपलाई ‘आइएसओ २७००१ः२०१३’ प्र्रमाणपत्र पाएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले जानकारी दिए ।
दशकभन्दा लामो समयदेखि अनलाइन भुक्तानी सेवा दिइरहेको उक्त एपले यो प्रमाणपत्र पाउनुले यसको विश्वसनीयता, गोपनीयता र सुरक्षा व्यवस्था प्रणाली मजबुत रहेको बताउँछ । ‘आइएसओ २७००१ः२०१३’लाई विश्वसनीय सूचना र व्यवस्थापनको मापदण्ड जाँच्ने महत्वपूर्ण आधारका रुपमा लिइन्छ ।
यो प्रमाणपत्रले प्रयोगकर्तालाई विश्वस्तरीय सेवा र सुरक्षाको प्रत्याभूति दिलाएको बताइएको छ । सन् २००९ मा बेटा भर्शनमा आएको इसेवाले २०१० को जनवरीबाट सेवा सुरु गरेको थियो । हाल यसमा ३५ लाख खाता छन् ।







