प्रतिनिधि सभाको उम्मेदवार बन्न मधेसका निवर्तमान सभामुख मण्डलले दिए राजीनामा

काठमाडौँ । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दै छन् ।