काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्धारित समयसीमाभित्र ४९ उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका हुन्।
यस्तै, पाँच जना उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता भएकोमा जाँचपछि एक जनाको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ। खारेज हुनेमा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरी रहेका छन्।







