असोज, १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारमा कोरोना पुष्टि भएको छ ।
ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको हो। सल्लाहकार रिमालले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफुलाई कोरोना संक्रमणण पुष्टि भएको बताएका छन्।

उनले ट्विटरमा लेखेका छन् हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाईपनि कोरोना संक्रमण पुष्टि भएको छ । हिजो गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले सामाजि सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।








