रास्वपाको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले झापा-५ मा खोलेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको प्रहरीले जनाएको छ।

चुनावलाई लक्षित गरी स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय खोलेको थियो ।

झापा क्षेत्र नम्बर ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि यही क्षेत्रबाट उम्मेदवार छन्।