प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका अन्य भेटघाट नगर्ने

प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट गर्ने

असोज, १८ काठमाडौं । आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका अन्य भेटघाट नगर्ने भएका छन् ।

प्रधानमन्त्रीले प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट गर्ने भएका छन् । अन्य भर्चुअल माध्यमबाट गर्न सकिने काम गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताएका छन् ।