प्रा डा गोविन्द केसीको सत्याग्रह : चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम !

वार्ता टोली गठन नगरे आन्दोलनमा उत्रिने चेतावनी

असोज, १८ काठमाडौं । नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको सत्याग्रह अन्त्य गर्न सरकारलाई अल्टीमेटम दिएको छ ।

संघले अल्टिमेटम दिदै वार्ता र संवादको माध्यमबाट केसीको माग संम्बोधन गर्न भनेको छ ।

सत्याग्रहको २१ दिन पुगीसक्दा समेत सरकारले वार्ता टोली पनि गठनसकेत नगरी त्यसै बसेको संले बताएको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भिर मोडमा पुगेको परिस्थिति बेवास्ता गरेको भन्दै संघले ७२ घण्टामा वार्ता टोली गठन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

एक विज्ञप्ती जारी गरी नेपाल चिकित्सक संघले ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका निम्ती कुनै पहल अगाडी नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तो सुकै कठोर कदम चाल्न बाध्यहुने र यसबाट उत्पन्नहुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने जनाएको छ ।