कोरोनाबाट झापामा १ बृद्धको मृत्यु

असोज, १९ झापा । झापामा कोरोना संक्रमणबाट १ जना बृद्धको मृत्यु भएको छ । विर्तामोड नगरपालिका–५ का ति बृद्धको कोरोनाबाट मृत्यु भएको हो ।

ती बृद्धको नोबेल अस्पताल विराटनगरमा आइतबार मृत्यु भएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका उनको कोरोना परीक्षणका लागि दुई दिन अघि स्वाब संकलन गरिएको थियो ।

कोरोना परिक्षणको रिपोर्ट आउन अघि नै उनको मृत्यु भएको हो।