भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले बढाएन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार, पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो।

तर, हाललाई साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ ।

petrol-1772291565.png