असोज २०, सप्तरी ।
जिल्लाकी १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक ३५ वर्षिय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको हो ।
उनीमाथि सोमबारै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । घरमा कोही नभएका बेला शनिबार साँझ उनले बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।







