असोज २०, सिरहा ।
प्रहरीले मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट सोमबार राति आठ जुवाडेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा नगद एक लाख पाँच हजार तथा ताससहित मिर्चैया–८ का २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह र ३५ बर्षीय दिलीप नायकलाई पक्राउ गरेको हो ।
साथै २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका–१ का ३२ वर्षीय नातिकाजि राई, उदयपुरको कटारी नगरपालिका–१ का २५ वर्षीय बिशाल सुनार र ३४ बर्षीय दानबहादुर राई पनि पक्राउ परेका छन् ।
यसैबीच आफुलाई प्रहरी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नामा गाउँपालिकाका ३० वर्षीय मोहम्मद जाबिर छन् । (रासस)







