बैतडीमा बिहान ८:४५ बजेसम्म ३७६० जनाले गरे मतदान

बैतडी । बैतडीमा झन्डै दुई घण्टामा तीन हजार ७६० जनाले मतदान गरेका छन् । बिहान ७ बजेबाट सुरु भएको मतदानमा बिहान पौने नौ(८:४५) बजेसम्म दुई हजार २०० पुरुष र एक हजार ५६० जना महिलाले मतदान गरेका छन् ।

बैतडीमा कुल एक लाख ५६ हजार ३७२ जना मतदाता छन् ।