असोज २०, धरान ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । मंगलबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिए । मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो ।
सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।
हालसम्म धरानमा १० जनाको कोरोनाबाट मृत्यु भइसकेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका दुई जनाको कोरोनाबाट मृत्यु भएको थियो ।







