संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

२१ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभा सचिवालयका दर्ता गरेको छ ।

प्रादेशिक संरचना र संघीयतासँग सम्बन्धित, संविधानको ९२ ठाउँमा संशोधन माग गर्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयक दर्ता गरेकी हुन् ।

स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने आफ्नो मुख्य प्रस्ताव रहेको पौडेलले बताइन् ।