काठमाडौ-१० मा रास्वपाले ल्यायो प्रत्यक्षमा भन्दा बढी समानुपातिक मत


काठमाडौं-१० मा रास्वपाले समानुपातिक मत ३९ हजार कटाएको छ।

प्रत्यक्षतर्फ अत्याधिक मतका साथ रास्वपा यहाँ विजयी भएको थियो।

प्रत्यक्षमा रास्वापका प्रदीप विष्ट ३७ हजार ४६९ मतका साथ विजयी भएका थिए। समानुपातिक भने यो भन्दा पनि बढी मत रास्वपाले ल्याएको छ। यो क्षेत्रको समानुपातिक तर्फको अन्तिम परिणाम आउदा ३९ हजार १२८ मत प्राप्त गरेको छ।

यहाँ रास्वपाले अन्य सबै दलले लिएको मतको तुलनामा करिब दोब्बर मत प्राप्त गरेको छ।

कांग्रेसले ६ हजार ७७४ मत ल्याएको छ। प्रत्यक्षमा कांग्रेस उम्मेदवारले ८ हजार १ सय मत प्राप्त गरेका थिए।

एमालेले समानुपातिकमा ४ हजार ५१२ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पनि एमालेले ४ हजार ८६४ मत ल्याएको थियो।