असोज, २० काठमाडौं । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी सार्न लागेको विषयमा नेकपा निकट सयौं कार्यकर्ताले पार्टी छोड्ने चेतावनी दिएका छन् ।
दाङको देउखुरी क्षेत्रमा लैजान लागेको विरोधमा उत्रिएका रूपन्देहीका नेकपासम्बद्ध उद्योगी–व्यवसायीले पार्टी सदस्यता ल्याग्ने चेतावनी दिएका हुन् ।
राजीनामा गर्ने अधिकांश सदस्यहरु उद्योगी व्यापारी रहेका छन् । उनीहरुले नेकपाको पार्टी सदस्यता त्याग्ने घोषणा गरेका छन् ।
प्रदेश सभामा पेश भएको राजधानी र नामाकरणसम्बन्धि प्रस्ताव पास हुने तयारीमा रहेको समयमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले नेकपाको सदस्यता त्याग्ने घोषणा गरेका हुन् ।
बुटवलमा भइरहेको विरोध प्रदर्शन र आन्दोलनकै क्रममा नेकपा रुपन्देहीका सक्रिय सदस्य तथा विभिन्न विभागमा जिम्मेवारीमा रहेका ३५ संघ संस्थाका २२ सय ४९ जनाले पत्रकार सम्मेलन गरेर सामुहिक राजीना दिने घोषणा गरेका हुन् ।
प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् ।
उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै तुक नभएको बताए । गृहकार्य बिना एकलौटी रुपमा राजधानीको बिषयमा निर्णय गरको उनीहरुको आरोप छ ।
रुपन्देही उद्योग संघ अध्यक्ष बावुराम बोहराले पार्टीले गतल काम गरेकाले उद्योगी, व्यावसायीहरुले पार्टी सदस्यबाट राजीमाना दिन लागेको बताए । रुपन्देही उद्योग संघको अध्यक्ष भएपनि पार्टीको नगर सदस्य रहेको उल्लेख गर्दे पार्टीले बुटवलको हितमा काम गर्न नसकेको बताए ।
रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, पश्चिम नेपाल नेपाल वस व्यवासयी प्रा.लि.का नारायण घिमिरे, होटल व्यवसायी माधव नेपाललगायतले राजीनामा पार्टी कार्यालयका बुझाउने पत्रकार सम्मेलनमा बताएका छन् ।







