असोज, २० काठमाडौं । स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेश नं ५ मा मतदान शुरु भएको छ । राजधानी सार्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको थियो ।
प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेशको राजधानी दाङको भालुवाङ र लुम्बिनी नामाकरण गर्नको लागि प्रस्ताव पेश गरेको थियो ।
आज १२ बजेका लागि बोलाइएको बैठक करिव डेढ घण्टा ढिलो गरी बसेको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले आफ्ना भनाइ राखेका थिए । उनले प्रदेशलाई समृद्ध बनाउँदा क्षेत्रको योगदानलाई मिसाउर्ने बताएका थिए ।







