असोज, २० काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक हप्तामा मात्रै काठमाडौं उपत्यकामा ९ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ।







