एमाले नेता कृष्ण थापाको निधन

काठमाडौँ । एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ ।

पोखरा-९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो ।

कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए । उनलाई तुरुन्तै मणिपाल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ ।