पछिल्लो २४ घण्टामा २३४० जना कोरोना संक्रमित निको भए

असोज, २० काठमाडौं । बितेका २४ घण्टामा २३४० जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ६७ हजार ५४२ जना कोरोना १९ बाट निको भएर घर फर्केका छन्।

हालसम्म कूल सङ्क्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेर फर्किसकेका छन्।