रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध दायर रिट निवेदनमा आज पनि सुनुवाइ भइरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा गत आइतबारदेखि निरन्तर भइरहेको सुनुवाइ मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, र अधिवक्ता आभास रेग्मी ले सर्वोच्चमा छुट्टाछुटै रिट निवेदन दायर गरेका छन्।