काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट सबैजसो सामान निजी निवास धापासी सारिसकेकी छन् । शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि स्वतः पदमुक्त हुने उनी त्यहीँबाट निजीतर्फ लाग्ने भएकी छन् ।
‘अब बालुवाटारमा दुई-तीन दिन बस्नलाई चाहिने सामानमात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । उनका अनुसार सामान सार्न थालेको एक हप्ता पहिलेबाटै हो ।
नयाँ प्रधानमन्त्रीले शपथपछि सीधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।







