काँग्रेस महाधिवेशन भदौमा गर्ने प्रस्ताव, मिति र कार्यतालिका प्रस्तुत

काठमाडौँ । नेपाली काँग्रेसको आगामी १५औँ महाधिवेशन भदौ महिनामा आयोजना गर्ने प्रस्ताव अघि सारिएको छ।

केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगनकुमार थापाले भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा महाधिवेशन सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। उक्त प्रस्तावसँगै कार्यक्रमको कार्यतालिका पनि बैठकमा पेश गरिएको जनाइएको छ।

प्रस्तावित मिति र तयारीसम्बन्धी विषयमा बैठकमा छलफल जारी रहेको र अन्तिम निर्णय बैठकबाटै गरिने बताइएको छ।

विशेष महाधिवेशनपछि गठन भएको वर्तमान नेतृत्वले नियमित महाधिवेशन आयोजनाको प्रक्रिया अघि बढाएको हो।