असोज, २१ काठमाडौं । पछिल्लो विवरण अनुसार थप १५ जनाको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ५ महिला र १० पुरुष गरी १५ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो कुल संक्रमितको ० दशमलव ६१ प्रतिशत हो । आज मृत्यु हुनेमा काठमाडौंका ६ जना रहेका छन् ।








