झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना, र्को सूचना नभएसम्मका लागि कार्यालय बन्द

असोज, २१ झापा । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना सङ्क्रमण भएको छ । आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उनले बताए । “लक्षण केही देखिएको छैन”, उनले भने, “मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ ।”

जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।