असोज २२, महेन्द्रनगर ।
नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो ८३औं शाखा महेन्द्रनगरमा खोलेको छ । सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा नयाँ शाखा स्थापना गरी उत्त बैंकले कारोबार विस्तार गरेको हो ।
नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरले उद्घाटन गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, एक सय २५ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंकले अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।







