गैंडा मृत भेटियो

असोज २२, चितवन ।
नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत भेटिएको हो ।

डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको थियो । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर भने सुरक्षित रहेको रामले बताए ।

पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा हालसम्म गैंडाको मृत्यु भइसकेको छ ।