भारतबाट बढेर आयो पेट्रोल-डिजेल, नेपालमा भने बढेन

काठमाडौँ-   भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै इन्धनको भाउमा अत्यधिक वृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वभाविक बृद्धिका कारण यसपटक नेपालका लागि पठाइएको खरिद दरमा निकै ठूलो अन्तर देखिएको छ।

नयाँ दर रेट अनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म मूल्य बढेर प्राप्त भएको छ।

तर, नेपालमा भने पुरानो मुल्य नै कायम भएको छ।

भारतबाट यति ठूलो मात्रामा मूल्य बढेर प्राप्त भए तापनि नेपाल आयल निगमले भने तत्कालका लागि नेपाली बजारमा मूल्य नबढाउने  निर्णय गरेको छ।

हवाई इ्न्धनको मूल्य भने सरकारले बढाएको छ।