काठमाडौं – बर्ड फ्लूको असरका कारण अण्डाको मूल्यमा बढोत्तरी भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ। संघले ०८२ साल चैत्र २२ गतेदेखि लागू हुने गरी चितवनको बजार मूल्यलाई आधार मान्दै नयाँ मूल्य तय गरेको हो।
संघको शनिबार बसेको बैठकले बजारको वस्तुगत अवस्था, अण्डा उत्पादक किसानहरूको सुझाव तथा सरोकारवालासँगको छलफलको आधारमा मूल्य निर्धारण गरेको जनाएको छ।
निर्धारित नयाँ मूल्य अनुसार:
- एक क्रेट एक्सएल अण्डा: रु ४७५
- ठूलो अण्डा: रु ४५०
- मिडियम अण्डा: रु ४००
उक्त मूल्यमा प्रति कार्टुन (७ क्रेट) थप रु १४५ भाडा तथा कार्टुन खर्च लाग्नेछ।
संघले सम्पूर्ण उत्पादक तथा व्यवसायीलाई नयाँ मूल्यलाई आधार मानी कारोबार गर्न अनुरोध समेत गरेको छ।







