असोज, २२ काठमाडौं । नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ५९० पुगेको छ ।
यो कुल संक्रमितको शुन्य दशमलव ६० प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुषहरु रहेका छन् ।








