१६ फरार प्रतिवादी पक्राउ

असोज २३, कर्णाली ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा पछिल्लो चार दिनभित्र १६ फरार प्रतिवादी पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयको विशेष टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट लागुऔषध र चोरीका तीन÷तीन, वन मुद्दाका दुई, कर्तव्य ज्यान र नागरिकता कीर्ते मुद्दाका एक÷एक जना गरी १० फरार प्रतिवादी पक्राउ गरिएको छ ।

त्यसैगरी प्रहरी कार्यालयले जुम्लाबाट लागुऔषध, लुटपाट र चौपाया चोरीका एक÷एक र डोल्पाबाट केही सार्वजनिक अपराध, कालीकोटबाट चोरी र जिप्रका दैलेखबाट अंश दर्ता मुद्दाका एक÷एक गरी छ फरार पक्राउ गरेको छ । पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्लाका जिल्ला अदालतसमक्ष पेश गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।