पशु चिकित्सक भरत शाहको सवारी दुर्घटनामा मृत्यु

नेपाल भेटेरिनरी एशोसिएसनका सदस्य तथा सिराहा जिल्ला निवासी पशु चिकित्सक डा. भरत शाहको सवारी दुर्घटनामा परेर निधन भएको छ।

हाल पर्सा जिल्लाको पशु क्वारेन्टाइन कार्यालय, वीरगंजमा कार्यरत रहेका शाह परिवारसहित गौरबाट वीरगंज फर्कने क्रममा बाराको कलैयामा मोटरसाइकल दुर्घटनामा परेका थिए। उक्त मोटरसाइकलमा श्रीमती र दुई सन्तानसहित सवार थिए ।

गम्भीर घाइते भएका शाहलाई उपचारका लागि एल.एस. न्युरो अस्पताल, वीरगंजमा लगिएको थियो। तर उपचारकै क्रममा उनको असामयिक निधन भएको हो।

उक्त घटना आइतबार (मिति २२ गते) साँझ भएको बताइएको छ।