असोज, २३ काठमाडौं । वरियतामा एक नम्बरमा रहेका परराष्ट्रमन्त्रालयका सह–सचिव भरतराज पौड्यालको बढुवा भएको छ । विहिवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।
परराष्ट्रमन्त्रालयका सचिव शंकरदास वैरागीको मुख्यसचिवमा नियुक्त भएसंगै सचिवको पद रिक्त थियो ।
पौड्याल परराष्ट्र मन्त्रालयभन्दा अघि पाकिस्तानको राजदूत समेत वनेका थिए ।
पौड्यालले आजै मन्त्रालयमा पदको बहाली गर्ने कार्यक्रम छ ।
पौड्यालसंगै सचिवको दौडमा सहसचिव सेवा लम्साल र अमृत राई थिए । लम्साललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । राई न्युयोर्कमा राष्ट्रसंघका लागि नेपाली राजदूतका रुपमा कार्यरत छन् ।







