लेखा समितिको सभापतिमा काँग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त पदमा प्रतिपक्षी दलको दाबीलाई स्वीकार गर्ने निर्णय गरेको हो । यससँगै लेखा समितिको नेतृत्व चयन प्रक्रियामा संसदीय अभ्यासअनुसार अघि बढ्ने संकेत देखिएको छ ।

यसैबीच प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ ।

उम्मेदवारीका क्रममा नेपाली काँग्रेसले उक्त समितिको सभापतिका रूपमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको जनाइएको छ ।

त्यसैगरी नेकपा एमाले र नेकपाले पनि काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी युवराज दुलालले दिएका छन् ।