रुकुम घटनालाई लिएर एनआरएनए युके सल्लाहकारले दिए पदबाट राजिनामा

लन्डन, जेठ २२ । एनआरएनए युकेको सल्लाहकार डा मित्र परियारले आफ्नो पदबाट राजिनामा दिएका छन्।

एक विज्ञप्ति प्रकाशित गरी परियारले हालै पश्चिम रुकुममा भएको हिंसाबारे आफुले एनआरएनए युकेको सल्लाहकार समूहमा जिज्ञासा राखेको भएतापनी वक्तव्य सम्म निकाल्न आनाकानी गरेकोले पदबाट राजिनामा दिएको बताएका छन् ।

किंग्सटन युनिभर्सिटीमा रिसर्च फेलो र अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च एसोसियटको रुपमा कार्यरत डा परियार छुवाछुत बिरोधी अभियानमा निकै सकृय छन् ।

पश्चिम रुकुमको हिंसामा ४ दलित, एक मगर र एक ठकुरी युवाको ज्यान गएकोमा ती परिवारलाई न्यायका निमित्त लड्नका लागि आर्थिक सहायता जुटाउन समेत सकृय छन् डा. परियार ।