चितवनस्थित कृषि तथा वन विज्ञान विश्वबिद्यालय भेटेरिनरी संकायका प्राध्यापक डा. रेवन्तकुमार भट्टराई नेपाल पोल्ट्री व्यवसायी मञ्चको अध्यक्ष पदमा चुनाव लड्ने सम्भावना छ ।
भेटेरिनरी माइक्रोबायोलोजीका प्राध्यापक तथा भेटेरिनरी शिक्षण अस्पतालका निर्देशकसमेत रहेका डा. भट्टराई उक्त विश्वविद्यालयका पूर्णकालीन शिक्षक भए पनि पोल्ट्री क्षेत्रमा उनको विशेष चासो रहेको छ। हाल उनी नेपाल पोल्ट्री व्यवसायी मञ्चको वरिष्ठ उपाध्यक्षसमेत हुन्।
डा. भट्टराईको केही ह्याचरी तथा दाना उद्योगहरूमा संलग्नता रहेको पनि बुझिन्छ।
नेपाल पोल्ट्री व्यवसायी मञ्चको १७औं साधारण सभा तथा १०औं अधिवेशन आज चितवनमा सम्पन्न हुँदैछ । उक्त अधिवेशनले २ वर्षे अवधिको नयाँ कार्यसमिति चयन गर्नेछ।







