आईसीसी लिग– २ : यूएईविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं – आईसीसी लिग– २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

योसँगै नेपाल, यूएई र ओमानबीचको सिरिज सुरु भएको छ ।

आठ राष्ट्र समावेश प्रतियोगिताबाट चार टोली विश्वकप छनोटमा जानेछन् । नेपाल र यूएई भने अंकतालिकाको पुछारमा रहेका छन् ।