जुवा –दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । राजधानी जुबा नजिकै भएको सोमबार भएको दुर्घटनामा चालकदलका सदस्यसहित १४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन् । दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानीस्थित जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट अनुसार ‘अत्यधिक कम दृश्यता बताइएको प्रतिकूल मौसम मुख्य कारण रहेको बताईएको छ ।







