असोज, २४ काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार नेपालमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालका कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो कुल संक्रमितको ० दशमलव ५८ प्रतिशत हो । आज १२ पुरुष र २ महिलाको कोरोनाको कारण मृत्यु भएको हो ।








