असोज, २४ काठमाडौं । बितेका २४ घण्टाको विवरण अनुसार काठमाडौं उपत्यकामा थप २ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा थपिएका २ हजार ६७२ जना कोरोना संक्रमित मध्ये २१ सय जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना थपिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा मात्रै शनिवार थप ३ जनाको मृत्यु भएको छ ।







