रामेछाप काँग्रेस सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौँ । नेपाली काँग्रेसले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई निलम्बन गरेको छ। पार्टी अनुशासनसम्बन्धी कारबाही प्रक्रियाअन्तर्गत उनीमाथि यो निर्णय गरिएको हो।

काँग्रेसको अनुशासन समितिको बैठकले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा यसअघि स्पष्टीकरण सोधिएको र त्यसक्रममा पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकालेपछि निलम्बनको निर्णय गरिएको जनाएको छ।

पार्टीका अनुसार सोही विषयमा मागिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको ठहर गर्दै अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई निलम्बन गरिएको हो।

यसैबीच, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासम्बन्धी विषयमा भने सर्वोच्च अदालतबाट फैसला भइसकेकाले थप स्पष्टीकरणको औचित्य नरहेको पार्टीको निष्कर्ष रहेको जनाइएको छ।