काठमाडौँ – सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्ने व्यवस्था मिलाउन आदेश दिएको छ।
उनकी पत्नी सीमा गोल्छाद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्न सकिने कानुनी आधार रहँदा अनावश्यक रूपमा हिरासतमा राखिएको विषयमा प्रश्न उठाएको हो।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उपलब्ध अवस्थाको मूल्यांकन गर्दा धरौटी वा जमानतमा रिहा गर्न सकिने विकल्प रहँदा पनि थुनामा राख्न अनुमति लिइएको प्रक्रियालाई उचित नदेखिएको निष्कर्ष निकालेको छ। सोही आधारमा थुनामा राख्ने अनुमति प्रक्रिया नै अस्वीकार्य ठहर गरिएको जनाइएको छ।
उनी गत वैशाख ११ गते पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनका आधारमा थप छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको थियो।






