लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा

काठमाडौं-आईसीसी विश्वकप लिग २ को आगामी सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा इशान पाण्डे पनि अटाएका छन्। उनले ७ वर्षपछि राष्ट्रिय टीममा कमब्याक गर्दैछन्। यद्यपि, उनले एकदिवसीय ढाँचामा भने खेलेका छैनन्।

२०१९ मा उनले जिम्बाब्वेविरुद्ध टी–२० आई खेलेका थिए। उक्त खेलमा उनी ८ बलमा ४ रन बनाएर आउट भएका थिए। प्रधानमन्त्री कपमा सानदार प्रदर्शन गरेका पाण्डेले नेपाल ‘ए’ टीमबाट प्रतियोगिता खेल्ने स्कटल्याण्ड र अमेरिकाविरुद्ध पनि राम्रो पदर्शन गरेका थिए।

प्रतियोगिता मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। यसअघिको ओमान र यूएईसँगको सिरिजमा नेपालले ४ खेलमा ३ जित निकालेको थियो।

नेपाली टोलीः रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी