सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने चाँदीको मूल्य भने २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३०० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो ।